प्रधानमन्त्री कार्की र मेयर बालेनबीच भेटवार्ता, के भयो छलफल

प्रधानमन्त्री कार्की र मेयर बालेनबीच भेटवार्ता, के भयो छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – महानगरपालिका मेयर बालेन्द्र शाह र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता गरेका छन्।

प्रधानमन्त्रीको निवासमा भएको भेटमा पछिल्लो राजनीतिक अवस्था, सरकार विस्तारको प्रक्रिया र जेन जी आन्दोलनमा घाइते भएकाहरूको अवस्थाबारे छलफल भएको छ ।

भेटमा मेयर बालेनले जेन जी आन्दोलनको माग अनुसार कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।

जवाफमा प्रधानमन्त्री कार्कीले जेनजीको मागमा आफू प्रतिबद्ध रहेको र निर्वाचन तथा सुशासन केन्द्रमा राखेको बताएकी छिन्।