काठमाण्डु– गायिका नितु पौडेलको मृत्यु भएको छ। आफैँलाई आगो लगाएकी पौडेलको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
काठमाण्डु प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईका अनुसार अस्पतालले नितुलाई शुक्रबार बिहान साढे ८ बजे मृत घोषणा गरेको हो।
उनको मृत्युपछि दाजु गणेश पौडेलले गायक बाबुल गिरीविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएका छन्।
गत शनिबार अनामनगरमा रहेको गायक बाबुल गिरीको स्टुडियोेमा उनले आत्मदाहको प्रयास गरेकी थिइन्। गायिका पौडेल र गिरी झण्डै ७ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ ।
प्रहरीले घटनाबारे अनुन्धान जारी रहेको जनाएको छ।




प्रतिक्रिया