एमालेले गुण्डुमा ‘ओलीकुटी’ बनाउने

एमालेले गुण्डुमा ‘ओलीकुटी’ बनाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जेनजी आन्दोलनका नाममा बालकोटनिवास जलेपछि एमालेले अध्यक्ष केपी शर्मा ओलीको नाममा ‘ओली कुटी’ बनाउने भएको छ ।

अध्यक्ष ओलीका लागि भक्तपुरको गुण्डुमा ‘ओली कुटी’ बनाउने एमालेले संकल्प लिएको हाे ।

ओलीको बालकोटस्थित घर भदौ २४ गतेको जेन जीआन्दोलनमा जलेर ध्वस्त भएपछि उनी अहिले भक्तपुरको गुण्डुमा बस्दै आएका छन् ।

भक्तपुरका स्थानीयबासीले आफ्नै पहलबाट अध्यक्ष ओलीका लागि घर बनाउन पहल लिएको एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले बताए । उनले आफू संयोजकको भूमिकामा रहने जानकारी दिँदै भने गुण्डुमा‘ओलीकुटी बन्ने छ ।

घर कस्तो बनाउने विषयमा देशभरबाट सुझाव र समर्थन बढिरहेको बस्नेतले बताए ।

गुण्डुबासीको भावनात्मक पहलमा ओलीको लागि आवास बन्न लागेको र ‘ओलीकुटी’ निर्माणको लागि गुण्डुबासीले संकल्प समेत गरेको बस्नेतको भनाइ छ ।

निर्माण हुने घरका केही नमुनाहरू समेत बस्नेतले सार्वजनिक गरेका छन् । ओलीले बालकोट स्थित निवास मरणोपरान्त राज्यलाई दिइसकेका छन् ।

निवर्तमान प्रधानमन्त्री ओली संविधान दिवसका दिनदेखि भक्तपुरको गुण्डुमा भाडाका घरमा बसाइँ सरेका छन् । जेनजी आन्दोलनकारीले जलाइदिएको घर हेर्न बुधबार बालकोट पुगेका ओलीले पनि जलाइदिएको घर मर्मत नगरिने बताएका थिए ।

ओलीले बालकोट निवास आफ्नो निधनपश्चात संग्रहालयका रुपमा राज्यलाई दिने गरी पास भइसकेको बताएका थिए ।

ओलीले बालकोटका दुवै घर श्रीमती राधिका शाक्यले ३३ वर्ष राष्ट्र बैंकमा जागिर खाएर बनाएको बताए । ‘हामीले यी घर आफ्नो नामबाट राजीनामा पास गरिदिइसकेका थियौँ । हाम्रो निजी सम्पत्तिका रुपमा यी थिएनन् । हामी बाँचिञ्जेलसम्म निकाल्न नपाउने गरी बसेका थियौँ । हाम्रो निधनपछि यो सम्पत्ति सार्वजनिक हुन्थ्यो।’ उनले भने, ‘हामीले यहाँको केही पनि चलाउने गरेका थिएनौँ । जसले क्षति ग¥यो उ दण्डित हुनुपर्छ । यो त राज्यको क्षति हो ।’

ओलीकी धर्मपत्नी राधिका शाक्यले पनि खण्डहर बनेको घर अवलोकन गर्दै नयाँ पुस्तालाई यो घर संग्रहालयको रूपमा छोड्ने सपना राखेको बताएकी थिइन् ।