काठमाण्डु– त्रिकोणात्मक मैत्रीपूर्ण महिला फुटबल खेलमा नेपाल इरानसँग पराजित भएको छ।
भारतको सिलोङस्थित जवहारलाल नेहरु रगंशालामा भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल इरानसँग ३-० गोलअन्तरले पराजित भएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा इरानले लगातार ३ गोल गर्यो ।
नेपाल इरानसँग पहिलोपटक पराजित भएको हो।
प्रतियोगिताको दोस्रो खेलमा नेपालले मंगलबार भारतसँग खेल्नेछ।




प्रतिक्रिया