काठमाण्डु – नवनियुक्त मन्त्रीहरूको सपथ अन्तिम समयमा अन्योलमा परेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै चार जनालाई मन्त्री नियुक्त गरेकी थिइन् ।
प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै गणपति श्रेष्ठ, बब्लु गुप्ता, सुधा गौतम र खगेन्द्र सुनारलाई मन्त्री बनाउन लागेकी थिइन् ।
प्रधानमन्त्री कार्काले सम्पदाविद् श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उडड्यन र बव्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रायलको जिम्मेवारी दिने तयारी गरेकी थिइन् ।
यस्तै सुधा गौतम स्वास्थ्य मन्त्रीमा र दलित अभियन्ता खगेन्द्र सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा नियुक्त गर्ने तयारी थियो ।
तर सुनारको नाम विवादित भएपछि आइतबारलाई मन्त्रीहरूको शपथ अन्योलमा परेको हो ।
‘दलितका लागि दलित अभियान, नेपाल’ का संयोजक सुनारविरुद्ध पक्राउ पुर्जी जारी छ । स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात मुद्दामा उनलाई पक्राउ गर्न २०८१ असार २१ गते सुर्खेत जिल्ला अदालतले पुर्जी जारी गरेको थियो ।
यस्तै, गुर्भाकोट नगरपालिका–८ स्थित मेहेलकुना अस्पतालका कार्यालय प्रमुख डा. सोजन सापकोटामाथि हातपात गरेको पनि उनीमाथि आरोप छ । अदालतमा असार १४ गते मुद्धा दायर भएकोमा असार २१ गते सात दिने पक्राउ पुर्जी जारी भएको हो ।
त्यस्तै, उनीविरुद्ध सर्वोच्च अदालतमा पनि मुद्दा विचाराधीन छ । सामाजिक सञ्जालमार्फत जथाभावी अभिव्यक्ति दिने र व्यक्तिको चरित्रहत्या गर्ने विषयमा पनि उनीमाथि साइबर ब्युरोमा थुप्रै उजुरी छन् ।
यसबीच मन्त्रीमा सिफारिस गरिएका सुनारको नाम विवादित बनेपछि प्रधानमन्त्री कार्की आन्तरिक छलफलमा जुटेकी छन् ।
नयाँ मन्त्रीमा सिफारिस गरिएकामध्ये सुनारको नाम विवादमा आएपछि प्रधानमन्त्री आन्तरिक छलफल गर्न लागेकी हुन् ।




प्रतिक्रिया