मन्त्रिपरिषद् विस्तार : आज २ मन्त्रीको मात्र शपथ हुने

मन्त्रिपरिषद् विस्तार : आज २ मन्त्रीको मात्र शपथ हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– श्रम मन्त्रीमा सिफारिस भएका खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको शपथग्रहण नहुने भएको छ ।

सिफारिस भएका चारमध्ये सुनार र श्रेष्ठको शपथ आज नहुने भएको हो ।

सुनारको नाम हटाइएको जानकारी दिन प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठ राष्ट्रपति भवन शीतल निवासमा पुगेका छन् ।

सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिनेगरी राष्ट्रपतिसमक्ष सिफारिस गरिएको थियो ।

सुनारका विभिन्न ठगी,साइबर अपराध,यौन दुर्व्यवहार र पटके कसूर बाहिर आएपछि प्रधानमन्त्री कार्कीले आन्तरिक छलफल गरेकी थिइन् ।

सुनारविरुद्ध २०८१ असारमा सुर्खेत जिल्ला अदालतमा फौजदारी मुद्दा, स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मी माथि हातपात गरेका कसुरमा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी, काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट विद्युतीय कारोबार मुद्दामा पक्राउ पुर्जी जारी भएको तर मुद्दा फर्स्यौट नभएको प्रहरी रेकर्डमा छ ।

सुनारविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दासमेत रहेको पाइएको छ । अधिवक्ता मनिषा गौतमले हालेको मुद्दामा गत असोज ६ गते पेसी तोकिएको भए पनि सर्वोच्च अदालत जलेपछि स्थगन भएको थियो ।

राष्ट्रपति कार्यालयले अहिले दिउँसो साढे २ बजेका लागि शपथ ग्रहण कार्यक्रम तय गरेको छ ।

बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रालय र सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ । गुप्ता र गौतमको भने शपथ हुने भएको हो ।