नवनियुक्त मन्त्री सुधा र बब्लुले लिए शपथ

नवनियुक्त मन्त्री सुधा र बब्लुले लिए शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नवनियुक्त २ मन्त्रीले शपथ लिएका छन् । शीतल निवासमा आयोजित एक समारोहबीच स्वास्थ्यमन्त्रीमा नियुक्त डा. सुधा शर्मा र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराए ।

प्रधानमन्त्री सुशीला कार्कीले ४ जनालाई मन्त्री नियुक्ति गर्ने तयार गरेकी थिइन् । तर श्रममन्त्रीमा सिफारिस खगेन्द्र सुनार र भूमिमन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठ विवादमा मुछिएपछि सूचीबाट नाम हटाएर २ जनालाई मात्र शपथ गराइएको हो ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, वर्तमान मन्त्रिपरिषद्का सदस्यलगायत उपस्थित थिए।