लागूऔषधसहित १ जना पक्राउ

लागूऔषधसहित १ जना पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ – प्रहरीले लागूऔषधसहित मोरङमा १ जनालाई पक्राउ गरेको छ ।

मिक्लाजुङ गाउँपालिका–३ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६७ ट्याब्लेटसहित मिक्लाजुङ नगरपालिका–२ बस्ने २० वर्षीय युनिश विकलाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी चौकी टाँडीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको छ । लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।