काठमाण्डु– नेकपा एमालेले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । ११ अौं महाधिवेशनको तयारीमा रहेको एमालेले कात्तिक १५ गतेलाई सचिवालय बैठक बोलाएको हो ।
बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने एमालेले जनाएको छ ।
पछिल्लो केन्द्रीय कमिटी बैठकले ११ औं महाधिवेशन मङ्सिर २७–२९ मा पोखरामा गर्ने निर्णय गरेको थियो ।
कार्तिक १५ गते बस्ने सचिवालय बैठकले महाधिवेशन प्रतिनिधि छनोट विधि,महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन,स्थानीय आयोजकसँग समन्वय आदिका बारेमा निर्णय गर्ने एमाले केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिए ।
सो बैठकले महाधिवेशन तयारीको पूर्ण खाका सार्वजनिक गर्नेछ । बैठकले महाधिवेशनको लोगो र नाराका विषयमा पनि छलफल गर्नेछ ।
पार्टीको गण्डकी प्रदेश कमिटी,कास्की जिल्ला कमिटी र पोखरा महानगर कमिटीले महाधिवेशनको प्रारम्भिक तयारी सुरु गरिसकेका छन् ।




प्रतिक्रिया