आज दल दर्ता गर्न निर्वाचन आयोग जाँदै विप्लव

आज दल दर्ता गर्न निर्वाचन आयोग जाँदै विप्लव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेत्र विक्रम चन्द विप्लवले आफ्नो पार्टी निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिने भएका छन्।

नेपाल कम्युनिस्ट पार्टी दर्ताका लागि आज मंगलबार उक्त पार्टीका नेताहरू निर्वाचन आयोग जाँदैछन्।

नेता सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा, कर्णजित बुढा लगायतका नेताहरु वकिलहरुसहित निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथ जान लागेका हुन् ।

उनीहरूले १२ः४५ बजे निर्वाचन आयोगले समय दिएको बताएका छन्।

नेकपाले केही समय अघि कर्णजित बुढाथोकीको संयोजकत्वमा केन्द्रीय सदस्य एवं काठमाण्डु सेक्रेटरी चिरञ्जीवी ढकाल र वरिष्ठ अधिवक्ता कपिलचन्द्र पोखरेल रहने गरी ३ सदस्यीय पार्टी दर्ता गर्न समिति बनाएको थियो ।

पार्टीको नाम परिवर्तन गर्ने गरी दल दर्ताको तयारी रहेको बताइएको छ ।