कता जाँदैछ एकीकृत समाजवादीको पार्टी एकता छलफल ?

कता जाँदैछ एकीकृत समाजवादीको पार्टी एकता छलफल ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता बामदेव गौतमले केन्द्रीय कमिटी बैठकमा बृहत् पार्टी एकता गर्ने सम्बन्धमा छलफल भएको बताएका छन् ।

बिहीबार भएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकपश्चात उनले बैठकमा पार्टी एकताबारे छलफल भएको र भिन्नभिन्न मत आएको भन्दै यसबारे विस्तृत छलफल भइरहेको बताए ।

उनका अनुसार बैठकमा कसैले पार्टी एकता अहिले गर्नु हुँदैन, एक्लै अगाडि बढ्नुपर्छ भन्ने धारणा राखेका छन् भने कसैले पार्टी एकता गरेर अगाडि बढ्नुपर्ने धारणा राखेको छन् ।

‘बैठकमा बृहत पार्टी एकता गर्ने सम्बन्धमा छलफल भयो । यसबारेमा पार्टीमा भिन्नभिन्न मतहरू आएका छन् । कसैले पार्टी एकता अहिले गर्नु हुँदैन, हामी एक्लै अगाडि बढ्नुपर्छ भन्ने कुरा गर्नुभएको छ भने कतिले भने आजको परिस्थितिले हामीलाई पार्टी एकता गर्ने स्थानमा पुर्‍याएको छ । कम्युनिष्टहरू एउटै पार्टीमा एकताबद्ध हुनुपर्छ र त्यस्तो भयो भने मात्र हामीले सबै किसिमका प्रतिक्रियावादीहरूलाई समाप्त गरेर जनताको बहुदलीय जनवाद, जनताको समाजवाद निर्माण गर्न सक्छौं भन्ने विषय राख्नुभएको छ,’ उनले भने ।

बैठक भोलिसम्म जारी भएको हुनाले निर्णय भोलि मात्र आउने पनि उनको भनाइ छ ।