महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा शेखर कोइरालाले थाले छुट्टै छलफल

महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा शेखर कोइरालाले थाले छुट्टै छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस भित्र १५औं महाधिवेशनको विवाद उत्कर्षमा पुगिरहेकै बेला नेता शेखर कोइरालाले आफू निकट नेताहरूसँग छलफल गरेका छन्।

नेता कोइरालाले पार्टीभित्र देखिएको गतिरोध अन्त्य गरी नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा आफू निकट नेताहरूसँग शुक्रबार बिहान छलफल गरेका हुन् ।

पार्टीको पदाधिकारी बैठक बस्नुअघि कोइरालाले छुट्टै छलफल गरेका छन्। कांग्रेसमा महाधिवेशनको मिति तय गर्ने विषय विषयमा पार्टीभित्रको विवाद पेचिलो बनेको छ ।

कोइरालाले आफ्नो सम्पर्क कार्यलय विशालनगरमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसँग छलफल गरेका हुन्। विशेष महाधिवेशनको पक्षमा रहेका थापाले बिहीबारको केन्द्रीय समिति बैठक बहिष्कार गरेका थिए ।

कार्यवाहक सभापति पूर्णवहादुर खड्काले बिहीवारको बैठकअघि भएको महामन्त्रीहरुसँगको छलफलमा महाधिवेशनको कार्यतालिका ल्याउने प्रस्ताव अस्वीकार गरेपछि थापाले बैठक बहिस्कार गरेका थिए ।

बैठकमा कोइरालाले पार्टीभित्र देखिएको गतिरोध अन्त्य गरी नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा छलफल गरेका हुन् । महामन्त्री थापाले मंसिरमा कांग्रेसको विशेष महाधिवेशन गर्ने प्रस्ताव तयार पारेका छन्।

विशेष महाधिवेशन माग गर्दै कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले असोज २९ गते पार्टीको केन्द्रीय कार्यालयमा हस्ताक्षरसहितको निवेदन दिएका छन् भने महामन्त्रीद्वय थापा र शर्माले आगामी फागुन २१ गते हुने निर्वाचनअघि नै विशेष महाधिवेशन बोलाउनुपर्नेमा जोड दिइरहेका छन्।