काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको ‘वृहत् राजनीतिक संवाद’ कार्यक्रम सुरु भएको छ ।
बालुवाटारस्थित नेपाल हाउस होटलमा केहीबेरअघि उक्त संवाद कार्यक्रम सुरु भएको हो ।
रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले स्वागत मन्तव्य र छलफलको उद्देश्य स्पष्ट पारेर कार्यक्रम सुरू गरेका हुन् ।
यस्तै नँया राजनीतिक अभ्यास र अबको आवश्यकता वारे पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो धारणा राखेका छन् ।
कार्यक्रममा डा. भट्टराई, नाउपा, नेपालका संरक्षक रेशम चौधरी लगायतको उपस्थिति रहेको छ ।
जेनजी आन्दोलनको मर्म र भावनाअनुसार नयाँ राजनीतिक विकल्पका लागि भन्दै रास्वपाले संवाद कार्यक्रम आयोजना गरेको बताएको छ ।




प्रतिक्रिया