काठमाण्डु– नेपाली कांग्रेस केन्द्रीय समिति बैठक स्थगन भएको छ। शुक्रबार बस्ने भनिएको बैठक आइतबार दिउँसो १ बजे बस्ने गरेर बैठक स्थगित भएको हो ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माबीच महाधिवेशन कार्यतालिका ल्याउने विषयमा सहमति हुन नसक्दा बैठक स्थगन भएको हो।
थापाले महाधिवेशनको कार्यतालिका पेश गर्न नदिए सहभागी नै नहुने भनेपछि बैठक स्तगित गर्नपरेको बताइएको छ ।
याे पनि : शेखर पक्षको निष्कर्ष-पुस १६ मा नियमित महाधिवेशन
कांग्रेसमा विशेष महाधिवेशन र नियमित महाधिवेशन भन्ने बहस भइरहेको छ। यस विषयमा केन्द्रीय समिति बैठकमा छलफल भइरहे पनि संस्थागत निर्णय भएको छैन ।
कांग्रेसमा संस्थापन पक्ष चुनाव पश्चात् १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउने पक्षमा छ। तर, महामन्त्रीद्वय सहितको समूह भने मंसिरमा नियमित महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउनुपर्ने अडानमा छन्।




प्रतिक्रिया