केपी ओली र रमेश लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश

केपी ओली र रमेश लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकविरुद्ध तोकिएको स्थानहद आदेशमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

न्यायाधीश नृपध्वज निरौलाको इजलासले उनीहरूलाई स्थानहद तोक्नुको कारण पेश गर्न सरकार र जाँचबुझ आयोगको नाममा आदेश जारी गरेको हो ।

जेन–जी आन्दोलनमा भएको दमन र भोलीपल्टको आगजनीवारे जाँचबुझ गर्न गठन भएको आयोगको सिफारिसमा सरकारले ओली, लेखक र काठमाण्डुका तत्कालिन प्रमुख जिल्ला अधिकारी छविराज रिजाललाई अनुमतीविना काठमाण्डु उपत्यका छाड्न नदिने निर्णय गरेको थियो ।

सरकारले स्थानहद तोकेकोविरुद्ध अधिवक्ता डा. प्रेमराज सिलवालले रिट निवेदन दर्ता गरेका थिए ।