एकीकृत समाजवादी पुनर्गठन गर्ने झलनाथको घोषणा

एकीकृत समाजवादी पुनर्गठन गर्ने झलनाथको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन्।

शुक्रबार सकिएको एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि खनालले नयाँ पार्टी खोल्ने घोषणा गरेका हुन्।

नेता खनालले अध्यक्ष नेपालले एमालेबाट विद्रोह गरेर बनाएको पार्टीलाई अन्ततः माओवादीमा लगेर ’विसर्जन’ गरेको आरोप लगाएका छन्।

बैठकमा आफूलाई बोल्न नदिई माइक काटिएको भन्दै उनले नेपालले तानाशाही प्रवृत्ति देखाएको गुनासो गरे। ’विद्रोहदेखि विसर्जनसम्म माधव कमरेडको यात्रा टुङ्गियो,’ खनालको भनाइ छ,’हामी यही पार्टीका साथीहरू मिलेर नेकपा (एकीकृत समाजवादी) पुनर्गठन गर्छौँ। नभए नयाँ बनाउँछौँ ।

खनाल, महासचिव घनश्यास भूसाल, नेताहरू विजय पौडेल, राम कुमारी झाँक्री, जीवनराम श्रेष्ठ, लक्ष्मण लम्साल, दामोदर अर्याल, अशोक घिमिरे, अकिल हुसेन खान, हरि पराजुली लगायतले माओवादीसँगको एकताको विपक्षमा रहेका थिए ।