पोखरामा तोकिएको ११औं महाधिवेशन स्थल काठमाण्डु सार्ने एमालेको निर्णय

पोखरामा तोकिएको ११औं महाधिवेशन स्थल काठमाण्डु सार्ने एमालेको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको सचिवालय बैठकले मंसिरमा हुन लागेको ११औं महाधिवेशन स्थल परिवर्तन गरेको छ ।

शनिबार गुण्डुमा बसेको सचिवालय बैठकले मंसिरमा हुने महाधिवेशन अब काठमाण्डुमै गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

उनले बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिँदै भने, ‘नेकपा एमालेको सचिवालय बैठकले मुख्यतया ३ वटा महत्त्वपूर्ण निर्णयहरू गरेको छ । पहिलो एजेण्डा चाहिँ पार्टीको ११औं राष्ट्रिय महाधिवेशन आगामी मंसिर २७ गतेदेखि २९ सम्म गर्ने निर्णय  गरी नै सकेको छ । त्यो  निर्णयलाई थप जोड दिँदै केन्द्रीय सचिवालयको बैठकले महाधिवेशनको स्थल भने परिवर्तन गरेको छ । अब ११औं महाधिवेशन पोखराको सट्टामा काठमाण्डुमा आयोजना गरिनेछ ।’ यसअघि एमालेले महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो ।

उपमहासचिव ज्ञवालीले ६ लाख ६७ हजार ६३० पार्टी सदस्यबाट विभिन्न अनुपातमा प्रतिनिधि चयन गरिने बताए । उनले प्रतिनिधि चयन मंसिर १३ गते शनिबार देशभर एकैदिन हुने बताए । प्रतिनिधिको विवरण मंसिर १५ गते साँझसम्म केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने उनले बताए ।