प्रधानमन्त्री कार्कीले भोलि सातै प्रदेशका मुख्यमन्त्रीसँग बैठक गर्दै

प्रधानमन्त्री कार्कीले भोलि सातै प्रदेशका मुख्यमन्त्रीसँग बैठक गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक बोलाएकी छन् ।

बैठक आईतबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ ।

बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सहभागी हुने छन् ।

प्रधानमन्त्री कार्कीले परिवर्तित राजनीतिक परिस्थितिमा संघीय र प्रदेश सरकारबीचको सहकार्य सुदृढ गर्न, आगामी निर्वाचन तयारी र नीति कार्यान्वयनका विषयमा समन्वय बढाउनका लागि बैठक आह्वान गरेकी छन् ।

सरकारका उच्च अधिकारीहरूका अनुसार बैठकमा संघीय र प्रदेश सरकारबीचको कामकारबाहीलाई प्रभावकारी बनाउने, स्रोतसाधनको उपयोग र निर्वाचनमा प्रदेश सरकारको भूमिकाबारे पनि विस्तृत छलफल हुने जनाइएको छ ।