काठमाण्डु – जेन जी आन्दोलन पछि ठप्प रहेको चालक अनुमतिपत्र (लाइसेन्स) सोमबारबाट उपलब्ध गराइएने भएको छ ।
यातायात व्यवस्गा विभागले सोमबारदेखि नयाँ लाइसेन्सका लागि आवेदन दिने, नवीकरण गर्ने र ट्रायल दिने काम सुरु गर्दैछ । साथै जेन जी आन्दोलनको समयमा अवरुद्ध सबै सेवा अब सुरु हुँदैछ ।
जेन जी आन्दोलनमा भएको आगलागीबाट विभागको डेटा सेन्टर र समग्र प्रणालीमा क्षति पुगेको थियो । त्यसपछि लाइसेन्स वितरणको काम ठप्प थियो । आगलागीबाट विभागको भवन ध्वस्त बनेको छ, सर्भर जलेर नष्ट भएको छ ।
लामो समयदेखि छाप्न बाँकी २५ लाख लाइसेन्स मध्ये १२ लाखको छपाइ सुरु गरिने छ । यसका लागि यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । मुद्रण केन्द्रले ६ महिनाभित्र १२ लाख लाइसेन्स छाप्नेछ ।
पहिलो चरणमा १२ लाख लाइसेन्स छापेर सेवाग्राहीलाई उपलब्ध गराइने यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाले बताए ।
आगजनीबाट विभागमा विभिन्न यातायात व्यवस्था कार्यालयमा पठाउन भनेर छापेर राखिएका २२ हजारमध्ये १८ हजार लाइसेन्स जलेको अनुमान छ । यसमध्ये तीन हजार लाइसेन्स मात्र सुरक्षित भेटिएका छन् ।




प्रतिक्रिया