न्यान खोज्दै प्रहरीकहाँ पुगे सर्वोच्च र जिल्ला अदालत, गराए जाहेरी दर्ता

न्यान खोज्दै प्रहरीकहाँ पुगे सर्वोच्च र जिल्ला अदालत, गराए जाहेरी दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सर्वोच्च अदालत र जिल्ला अदालत काठमाण्डुले जिल्ला प्रहरी परिसर काठमाण्डुमा जाहेरी दिएका छन् ।

गत भदौ २४ गते भएको आगजनीको अनुसन्धान गर्न मंगलबार कसैको नाम किटान नगरि जाहेरी दिइएको हो ।

अदालतले २४ गते भएको क्षति विवरणसहित संलग्नमाथि कानूनी कारबाहीको मागसहित जाहेरी दिएका हुन् ।

सर्वोच्चलगायत देशका विभिन्न अदालतमा आन्दोलनको मौका पारेर भवनमा आगजनीसँगै तोडफोड र लुटपाटसमेत भएको थियो ।

काठमाण्डु जिल्ला अदालतले भवन तथा अन्य सामान गरी अनुमानित क्षति बिगो ६२ करोड रुपैयाँ कायम गरी प्रहरीमा जाहेरी दिएको छ ।