गल्ती गरेको स्वीकार्दै जनार्दन शर्माले थाले नयाँ अभियान

गल्ती गरेको स्वीकार्दै जनार्दन शर्माले थाले नयाँ अभियान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले स्वार्थको राजनीतिमा सहभागी भई गल्ती गरेको भन्दै कमजोरीलाई स्वीकार गरी नयाँ अभियानमार्फत संकल्प पूरा गर्ने बताएका छन् ।

मंगलबार ललितपुरमा विशेष पत्रकार सम्मेलन गर्दै उनले आमजनता, मतदाता, कार्यकर्ता र समर्थनहरूलाई दुरुपयोग गर्ने प्रवृत्तिमा सहयोग गरेको भन्दै आफ्ना कमजोरीलाई स्वीकार गर्दै अब इमान्दारीका साथ नयाँ अभियानमार्फत अघि बढ्ने बताए ।

उनले भने, ‘आजसम्म आमजनता, मतदाता, कार्यकर्ता र समर्थनहरूलाई दुरुपयोग गरेर स्वार्थ केन्द्रित जो शासन गर्ने प्रवृत्ति जन्मियो, त्यसमा हाम्रो पनि कमी छ, हामीले पनि गल्ती गरेका छौं, हामी पनि त्यसमा सहभागी छौं, कुनै न कुनै रूपमा साथ सहयोग गर्दै आयौं, त्यसप्रति क्षमा चाहन्छौं र ती आफ्ना कमजोरीलाई स्वीकार गर्दै अब इमान्दारीका साथ नयाँ अभियानमार्फत त्यसलाई पूरा गर्ने एउटा संकल्प गर्न चाहन्छौं ।’  

उनले शहीद, बेपत्ताका सपनाहरूलाई पूरा गर्न र घाइते योद्धाहरूका अपेक्षाहरू पूरा गर्न तयार रहेको समेत बताए । ‘हामी एउटा ऐतिहासिक मोडमा छौं । एउटा जोखिम, एउटा चुनौती, एउटा सम्भावना बोकेर हामी उपस्थित भएका छौं । हामी शहीद, बेपत्ताका सपनाहरूलाई पूरा गर्ने उहाँहरूका परिवारजनका आशा र विश्वासहरू, घाइते योद्धाहरूका अपेक्षाहरू, उनीहरूमा आकांक्षासहित तमाम् प्रश्नहरूको जीवन्त जवाफ हामीले दिनुपर्नेछ । हामी त्यो दिनेछौं । समग्र त्यो जिम्मा लिन तयार छौं,’ उनले भने ।

उनले नेकपा बनाउँदा देशको राजनैतिक अस्थिरतालाई समाप्त पार्नका लागि बृहत् वामपन्थी एकता गरेको भन्दै त्यसमा आफूले हस्ताक्षर गरेको बताए । ‘हामी भिन्न रूपमा राजनीतिलाई भिन्न दृष्टिकोणबाट अगाडि बढाउन चाहान्छौं । एउटा जवाफ मैले दिनुपर्नेछ, धेरै कुराहरू उठिरहेका छन्, के भनिँदैछ भने नेकपा बनाउँदा यसले हस्ताक्षर गरेको थियो, अहिले विरोध गरिरहेको छ भन्ने छ त्यसको कुनै साइनो र तुक छैन । किन छैन भने त्यसबेला बृहत् वामपन्थी एकता गरेर यो देशको राजनैतिक अस्थिरतालाई समाप्त पार्नका लागि गरिएको थियो,’ उनले भने ।