नेपाली कम्युनिस्ट पार्टीको आज घोषणा हुँदै

नेपाली कम्युनिस्ट पार्टीको आज घोषणा हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विभिन्न ९ वटा पार्टीहरूबिच बुधबार एकता घोषणा हुने भएको छ ।

नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)सहित ९ पार्टीबीच एकता घोषणा हुन लागेको हो । एकता घोषण सभाअघि भृकुटीमण्डप क्षेत्रमा जनप्रदर्शन गर्ने तयारी छ।

एकताका लागि यसअघि सहमति पत्रमा हस्ताक्षर गरेका पार्टीबिच काठमाण्डुको भृकुटीमण्डपमा दिउँसो १ बजे एकता घोषणा हुनेछ ।

एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहको छ । पार्टीको चुनाव चिह्न पाँच कुने तारा रहनेछ ।

एकतापछि पार्टीको संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल रहने छन्। पार्टीको मार्गदर्शक सिद्धान्त भने मार्क्सवाद, लेलिनवाद हुनेछ ।

यो एकता प्रक्रियामा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)सहितका समूह सहभागी छन् ।

आइतबार पार्टी एकतासम्बन्धी सहमति पत्रमा माओवादी, एकीकृत समाजवादीसहितका आठ बाम घटकले हस्ताक्षर गरेका थिए। त्यसलगत्तै गोपाल किराँती नेतृत्वको देशभक्त समाजवादी मोर्चाले पनि एकता प्रक्रियामा सहभागी हुने निर्णय गरेको हो।

मंगलबार नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गरेको थियो ।

एकताको विरोध गर्दै माओवादी केन्द्रका नेता जनार्दन शर्मा समूहले छुट्टै अभियान घोषणा गरिसकेका छन् । उता एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत पनि एकता प्रक्रियामा सामेल छैनन् ।

एकता प्रक्रियामा सहभागी भएका दलहरूबीच अबको ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने सहमति भएको छ।