एकीकृत समाजवादीसँगको यात्रा टुंगियो : रामकुमारी झाँक्री

एकीकृत समाजवादीसँगको यात्रा टुंगियो : रामकुमारी झाँक्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले पार्टीसँगको आफ्नो राजनीतिक यात्रा टुंगिएको घोषणा गरेकी छन्।

बुधबार काठमाण्डुमा पत्रकार सम्मेलनमा गरी उनले एकीकृत (समाजवादी पार्टी) औपचारिक रूपमा विघटन हुन लागेको बताउँदै, त्यससँगै आफ्नो अध्याय पनि समाप्त भएको स्पष्ट पारिन्।

उनले भनिन्, ‘एकीकृत समाजवादीसँगको यात्रा र अध्याय सकियो। अहिले हामी नयाँ मोडमा छौं।’

झाँक्रीले हाल नेपालमा जेन–जी आन्दोलन र लोकतान्त्रिक चेतनाको जागरणसँगै राजनीतिक दलहरूमाथि प्रश्न उठिरहेको उल्लेख गर्दै, लोकतन्त्रको प्रत्याभूति र शान्ति–सुरक्षाका लागि दलहरू स्वयं जिम्मेवार बन्नुपर्नेमा जोड दिइन्।

उनका अनुसार एमाले र माओवादी मिलेर बनेको नेकपाले आन्तरिक लोकतन्त्रको संस्कार कमजोर बनाएको थियो। अहिले माओवादी केन्द्र तथा एकीकृत समाजवादी लगायत नौ दलबीच हुन लागेको एकताले पनि लोकतन्त्रको आधार कमजोर पार्ने चिन्ता उत्पन्न गरेको बताइन्।

नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्दै राष्ट्रियता, प्रजातन्त्र, सामाजिक न्याय, विकास र समृद्धिको दिशामा अघि बढ्न, सैद्धान्तिक र वैचारिक दृष्टिकोण मिल्ने राजनीतिक शक्तिहरू एक ठाउँमा आउन आवश्यक छ भन्ने कुरा बोध गरी विचार, विमर्श गर्न लागिएको उनको भनाइ छ।

झाँक्री लगायतका एकतामा नगएका नेताहरू एमाले प्रवेशको तयारीमा छन् ।