ऊर्जामन्त्री घिसिङको नेतृत्वमा ‘जनसेवा’ पार्टी खुल्दै, २१ सदस्यीय केन्द्रीय समिति बन्ने

ऊर्जामन्त्री घिसिङको नेतृत्वमा ‘जनसेवा’ पार्टी खुल्दै, २१ सदस्यीय केन्द्रीय समिति बन्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको नेतृत्वमा ‘जनसेवा’ पार्टी खुल्ने भएको छ ।

मन्त्री घिसिङ निकट स्रोतका अनुसार निर्वाचन आयोगमा दर्ताका लागि अन्तिम तयारी भइरहेको पार्टीको केन्द्रीय समिति २१ सदस्यीय हुनेछ ।

जेनजी आन्दोलन हुनुअघिदेखि नै पार्टी स्थापनाको तयारीमा जुटेका कुलमान मन्त्री बनेपछि आफ्नै नेतृत्वमा पार्टी खोल्ने कि अरुलाई नेतृत्वमा अगाडि बढाउने भन्ने अलमलबिच अन्तत: आफ्नै नेतृत्वमा पार्टी स्थापना गर्ने निष्कर्षमा पुगेका छन् ।