एमालेले आज ‘घर फर्क राष्ट्रिय अभियान’ सुरु गर्दै, रामकुमारी झाँक्रीसहित नेताहरू प्रवेश गर्ने

एमालेले आज ‘घर फर्क राष्ट्रिय अभियान’ सुरु गर्दै, रामकुमारी झाँक्रीसहित नेताहरू प्रवेश गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले)ले सोमबार ‘घर फर्क राष्ट्रिय अभियान’ घोषणा गर्दैछ ।

राष्ट्रिय सभागृहमा दिृउँसो २ बजे हुने कार्यक्रममा पहिले एमालेमै रहेका तर हाल विभिन्न दलमा गएकालाई अभियानमार्फत स्वागत गर्न लागेको महासचिव शंकर पोखरेलले जानकारी दिए।

एमाले छाडेर नेकपा (एकीकृत समाजवादी)सहित विभिन्न दलमा गएकालाई पार्टीमा फर्काउन एमाललेले ‘घर फर्क’ राष्ट्रिय अभियान’ स्वागत गर्न लागेको महासचिव पोखरेलले बताए ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित बहुमतले माओवादी केन्द्रसँग एकता गरेपछि पार्टी ३ धारमा विभाजित छ। जसमध्ये महासचिव घनश्याम भुसान एकीकृत समाजवादी पुर्नगठनको तयारीमा छन् भने पूर्वसचिव रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायतका नेताहरु पुनः एमालेमै फर्किँदैछन्।

एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने नारासहित यो अभियान घोषणा गर्न लागेको हो ।

अध्यक्ष ओलीले पनि एमाले छोडेर गएकाहरूलाई घर फर्किन आह्वान गरिरहेका छन्। ओलीको अपिलपश्चात झाँक्रीसहितका नेताहरू फर्किन तयार भएका हुन्।

उनको आह्वानपछि रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायत नेताहरू फर्किन तयार भएपछि एमालेले यो अभियान घोषणा गर्न लागेको हो । 

झाँक्रीले आइतबार नै यसबारे जानकारी गराएकी छन् । उनले यो अभियान आफ्नो लागि भएको भन्दै सामाजिक सञ्जालमा खुसी व्यक्त गरेकी छन् । ‘यो अभियान हाम्रो अभियान हो, हाम्रो लागि हो । हामी सँगसँगै सबै जना कम्युनिस्ट आन्दोलनको मूलप्रवाह नेकपा एमालेमा समाहित हुन घर फर्कने अभियान हो । सबै जना कमरेडहरूलाई यो कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गर्दछु’, झाँक्रीले भनेकी छन् ।