एमालेले बोलायो विघटित संसदीय दलको बैठक

एमालेले बोलायो विघटित संसदीय दलको बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा एमालेले विघटित संसदीय दलको बैठक बोलाएको छ। आगामी मंसिर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरि बैठक बोलाइएको हो ।

बैठकमा मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागी निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल हुने एमालेका नेता महेश बर्तौलाले जानकारी दिए ।

प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा निवर्तमान सांसदहरूको हस्ताक्षर सङ्कलन गरेको एमालेले संसद् पुनर्स्थापनाको माग गर्दै सडकमा उत्रिने तयारी गरेको छ ।