९५ लाख बराबरको मोवाइल पार्ट्ससहित धनगढीबाट २ जना पक्राउ

९५ लाख बराबरको मोवाइल पार्ट्ससहित धनगढीबाट २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– कैलालीको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीबाट ९५ लाख ५ सय ५० रुपैयाँ बराबरको मोवाईल पार्ट्सससहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१९ खेदा बस्ने ३३ वर्षिय सन्तोष चौधरी र शिव पार्वती ट्रेड एण्ड सप्लायर्सका संचालक भारत घर भएका २५ वर्षिय आसुतोष कुमार गुप्ता रहेका छन् ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म त्रिनगरले चौधरीलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको थियो ।

सुदूरपश्चिम प्रदेश ०१–००८ प ५१३२ नम्बरको मोटसाइकलमा राखी भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको ९ लाख ८ हजार रुपैयाँ बराबरको मोवाईलका पार्ट्ससहित उनलाई नियन्त्रणमा लिएको हो ।

चौधरीले उक्त पाट्र्स सोही ठाउँमा रहेको शिव पार्वती ट्रेड एण्ड सप्लायर्समा दिने गरेको बताएपछि प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगर र भन्सार कार्यालयका कर्मचारीको संयुक्त टोलीले स्टोरमा छापा मारेको थियो ।

उक्त सप्लायर्समा बिलबिजक नभएको ८४ लाख ४२ हजार ५ सय ५० रुपैयाँ बराबरको मोवाईल पाट्ससहित सप्लायर्सका संचालक आसुतोष कुमार गुप्तालाई समेत नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद सामान तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ ।