काठमाण्डु– दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ले गृह मन्त्रालयमा २७ बुँदे माग पत्र बुझाएको छ ।
आज गृहमन्त्री ओमप्रकाश अर्यालसहितको वार्तामा प्रसाईं समूहका माधव प्रसाद खतिवडाले मागपत्र बुझाएका हुन् ।
प्रसाईंका प्रतिनिधिहरु र गृहमन्त्रीबीच करिब अढाइ घन्टा वार्ता भएको थियो ।
मागपत्रमा बैकको ऋण मिनाहा गर्नेदेखि लिएर प्रदेश संरचना खारेज गर्नुपर्नेसम्मका मागहरु समेटिएका छन् । वार्ताबाट निस्किएका प्रतिनिधिहरुले गृहमन्त्रीबाट सकारात्मक जवाफ मिलेको बताए ।
त्यस्तै संविधान खारेज गरी बौद्ध किराँत सहित वैदिक सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य र संवैधानिक राजसंस्थाको स्थापना गरिनुपर्ने माग गरिएको छ । यो विषय जनमत संग्रहमार्फत टुंग्याउनुपर्ने पनि माग छ ।










प्रतिक्रिया