काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सुरु हुनुअघि आयोजित ट्रफी जात्रा पाटन दरबार स्क्वायर पुगेको छ ।
एनपीएलका प्रत्येक सहभागी टिमले ट्रफी टुर गरिरहेको बेला काठमाण्डु गोर्खाजले पनि भक्तपुर दरबार स्क्वायरसँगै पाटन र काठमाण्डु रवार स्क्वायरमा ट्रफी जात्रा आयोजना गरेको हो ।
विराटनगरबाट सुरु भएको ट्रफी टुर सुदूरपश्चिमको कैलालीमा पुगेर टुंगिनेछ ।
विराटनगरबाट ट्रफी टुर मधेश प्रदेशको जनकपुरबाट चितवनहुँदै काठमाण्डु आइपुगेको हो । काठमाण्डुका प्रमुख स्थानमा ट्रफी टुर गरेसँगै पोखरा, लुम्बिनी, सुर्खेतहुँदै कैलाली पुगेर टुंगिनेछ । एनपीएलको दोस्रो संस्करण १ देखि २७ मंसिरसम्म हुँदै छ ।




प्रतिक्रिया