काठमाण्डु– बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । आज सुनको भाउ तोलामा ५ हजार ९०० रुपैयाँले बढेको हो ।
२ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५० हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको मूल्य तोला १ सय ७५ रुपैयाँले बढेको छ । यससँगै बुधबार प्रतितोला ३ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य तोलामा ३ हजार ३ सय ४५ रुपैयाँ कायम भएको छ ।




प्रतिक्रिया