छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ३ जनाको मृत्यु

छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ३ जनाको मृत्यु

फाइल तस्विर ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

काठमाण्डुको शंखरापुर नगरपालिका–५ पालुवारीस्थित सडकमा बा६५प ७९९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री शंखरापुर नगरपालिका–६ बस्ने ५५ वर्षीय लक्ष्मण चित्रकारको मृत्यु भएको छ ।

बुधबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रूपन्देहीको कञ्चन गाउँपालिका–१ पूर्वी कुचेरास्थित सडकमा लु१२प ७५२७ नम्बरको मोटरसाइकलको ठक्करबाट  पैदलयात्री ६८ वर्षीय बलबहादुर परियारको बुधबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी पश्चिमको सुनवल नगरपालिका–६ तिलकानास्थित सडकमा लु१क २६६९ नम्बरको बसको ठक्करबाट स्थानीय सन्तोष कुँवरको छोरा ४ वर्षीय शुभम कुँवरको बुधबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको देबदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।