काठमाण्डु– प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली संकलनको म्याद थप्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन् ।
उनले कार्यवाहक प्रमुख आयुक्त भण्डारीलाई फोन गर्दै मतदाता नामावलीमा नाम दर्ता गराउने समय सीमा केहि दिन थप गर्न आग्रह गरेकी हुन् ।
नामावली संकलनमा देखिएको उत्साह र चाप उल्लेख्य रहेको र केहि दिन म्याद थप गर्न आग्रह गर्दै प्रधानमन्त्री कार्कीले शुक्रबार दिउँसो प्रमुख आयुक्त भण्डारीलाई फोन गरेकी थिइन् ।
प्रधानमन्त्रीको आग्रहमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले यसबारे आयोग सकारात्मक रहेको जवाफ दिएका थिए।
निर्वाचन आयोगले नामावलीमा नाम संकलनका लागि पाँच दिन म्याद थप्ने तयारी गरेको छ। आयोगले यसअघि कात्तिक मसान्तसम्ममा नामावलीमा नाम दर्ताको लागि म्याद तोकेको थियो।




प्रतिक्रिया