डीआईजी कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस

डीआईजी कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– डीआईजी ईश्वर कार्की नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन्।

शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले कोसी प्रदेशका प्रहरी प्रमुखसमेत रहेका डीआईजी कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

२०८१ पुस २९ मा भएको डीआईजी बढुवामा उनी पहिलो नम्बरमा थिए । उक्त बढुवामा दोस्रो राजेन्द्रप्रसाद भट्ट, तेस्रो दिनेशकुमार आचार्य, चौथो अरुण पौडेल र पाँचौ गोविन्द थपलिया थिए ।

काठमाण्डु उपत्यका प्रमुख समेत रहेका दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त भएसँगै एआईजी पद रिक्त थियो ।