यूके र अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

यूके र अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी यूके र अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुरको ललितपुर महानगरपालिका–४ बस्ने बारा जीतपुरसिमरा उपमहानगरपालिका–५ घर भएका ३१ वर्षीय मनोहर चौधरी र काठमाडौं महानगरपालिका–१३ बस्ने प्युठान गौमुखी गाउँपालिका–४ घर भएका २२ वर्षीय मेघराज सुनार रहेका छन् ।

पक्राउ मध्ये मनोहरले यूके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ५० हजार रूपैयाँ र मेघराजले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले मनोहरलाई काठमाण्डु महानगरपालिका–१० बाट र मेघराजलाई काठमाण्डु महानगरपालिका–२९ बाट पक्राउ गरेको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डु पठाइएको छ ।