देशैभर अवैध लागूऔषधको बिगबिगी ! विभिन्न स्थानबाट १८ जना पक्राउ

देशैभर अवैध लागूऔषधको बिगबिगी ! विभिन्न स्थानबाट १८ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अवैध लागूऔषधसहित प्रहरीले देशका विभिन्न स्थानबाट १८ जनालाई पक्राउ गरेको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका–६ बागमारबाट अवैध लागूऔषध खैरो हेरोइन १५० मिलिग्रामसहित लम्कीचुहा नगरपालिका–६ पिपरकोटी बस्ने २९ वर्षीय कमल जैसी समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ त्रिनगर व्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर ९ ग्राम २९० मिलिग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डडेल्धुराको परशुराम नगरपालिका–१० बस्ने ३५ वर्षीय गणेशबहादुर डागी, आलीताल गाउँपालिका–३ बस्ने ३० वर्षीय डम्मर बोहरा र डोटीको जोरायल गाउँपालिका–२ बस्ने २० वर्षीया डम्मरी भण्डारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले म२प ३१०७ नम्बरको मोटरसाइकलमा सवार गणेश र डम्मरी तथा से७प ५५२४ नम्बरको मोटरसाइकलमा सवार डम्मरलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

कैलालीको गोदावरी नगरपालिका–५ गेटाबाट अवैध लागूऔषध ब्राउनसुगर ५ ग्राम ७५० मिलिग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका–५ बस्ने २० वर्षीय विजय बिष्ट र गोदावरी नगरपालिका–१ बस्ने २५ वर्षीय राज चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरी टोलीले से६प ७५९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

कैलालीको भजनी नगरपलिका–३ कुसमघाटबाट अवैध लागूऔषध ब्राउनसुगर ५ ग्राम ४२० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका–१ थकालीपुर बस्ने १९ वर्षीय रिजन मगर र २२ वर्षीय आकाश चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय भजनी र प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरी टोलीले सुप प्र ०१–००९ प ३५११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

झापाको भद्रपुर नगरपालिका–५ बाट अवैध लागूऔषध ब्राउनसुगर ९ ग्रामसहित हल्दीबारी गाउँपालिका–३ बस्ने ३१ वर्षीय अनुप महतोलाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

झापाको भद्रपुर नगरपालिका–५ बाट अवैध लागूऔषध ब्राउनसुगर ५ ग्राम ६०० मिलिग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका–३ बस्ने ३० वर्षीय देवराज श्रेष्ठ, बिर्तामोड नगरपालिका–५ शान्तिटोल बस्ने ४० वर्षीय राम कुमार मौली र हल्दीबारी गाउँपालिका–३ जलथल बस्ने २० वर्षीय सुफर मडी रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ चम्मनचोकबाट अवैध लागूऔषध चरेश ३ किलो ८७२ ग्रामसहित बझाङको बुङ्गल नगरपालिका–७ घर भई डडेल्धुराको आलीताल गाउँपालिका–६ बस्ने ४० वर्षीय नरेन्द्र बोहरालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–१७ ठकुरी पुल छेउबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८२ ट्याब्लेट र स्पास्पेन १ हजार ९९० ट्याब्लेटसहित बराहक्षेत्र नगरपालिका–४ बस्ने २७ वर्षीय सुनिल गिरीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरान समेतबाट खटिएको प्रहरी टोलीले धरानबाट चतरातर्फ जाँदै गरेको प्र १–०२–०४० प ७१५८ नम्बरको मोटरसाइकलमा सवार उनलाई लागूऔषधसहित पक्राउ गरेको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–५ कुलुङ चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम ३३० मिलिग्रामसहित धरान उपमहानगरपालिका–१५ बस्ने २८ वर्षीय सनम तामाङलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

नवलपरासी पूर्वको देवचुली नगरपालिका–१७ भक्तघारी बस्ने २६ वर्षीय मनोज दर्जीलाई नियन्त्रित लागूऔषध फेनारगन ५८ एम्पुल, डाईजेपाम ६० एम्पुल, बुप्रेनोर्फिन ५९ एम्पुल, सिरिन्ज ४५ पिस र नगद २३ हजार ४५५ रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनको घर तलासी गर्दा लागूऔषध फेला पारी पक्राउ गरेको छ ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका–७ शिवनगर चोकबाट नियन्त्रित लागूऔषध स्पास्मो ३४२ ट्याब्लेट र नाइट्रोजन १२५ ट्याब्लेटसहित बुटवल उपमहानगरपालिका–८ सुख्खानगर बस्ने ३५ वर्षीय रोशन थापालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवल समेतबाट खटिएको प्रहरीले उनलाई लागूऔषधसहित पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।