काठमाण्डु – गृहमन्त्री ओम प्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् ।
विभिन्न समूहले आन्दोलन घोषणा गरेको अवस्थामा मन्त्री अर्याले सुरक्षा समितिको बैठक बोलाएका हुन् । बैठक दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्न लागेको हो ।
फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन, दुर्गा प्रसाईँले आह्वान गरेको आन्दोलनमा शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न अर्यालले बैठक बोलाएका हुन् ।
बैठकमा वर्तमान सुरक्षा व्यवस्था, आन्दोलनका सूचना तथा चुनावी सुरक्षाका विषयमा छलफल हुनेछ ।
बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका एकजना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतको सहभागिता हुनेछ।




प्रतिक्रिया