कोरियन भाषा परीक्षा सोमबारदेखि

कोरियन भाषा परीक्षा सोमबारदेखि

१ लाख २ हजार ५६४ जनाले दिए आवेदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षा सोमबारदेखि सुरु हुँदैछ।

सोमबारदेखि उत्पादनमुलक क्षेत्रतर्फ परीक्षा सञ्चालन हुनेछ । उत्पादनमुलकतर्फ ६७ हजार २९७ ले परीक्षा दिने छन्। परीक्षा माघ २७ गतेसम्म सञ्चालन हुने छ।

ईपीएसअन्तर्गत कोरियन भाषा परीक्षाका लागि १ लाख २ हजार ५६४ जनाले आवेदन दिएका छन् ।

शाखाले साउन २६ गतेदेखि ३१ गतेसम्म आवेदन दिन आह्वान गरेको थियो। यस पटकको भाषा परीक्षाबाट अनुमानित ५ हजार ३ सय जना उत्तीर्ण हुनेछन्। जसमा उत्पादनमुलक क्षेत्रतर्फ ३ हजार ५०० तथा कृषि तथा पशुपालन क्षेत्रतर्फ १ हजार ८०० उत्तीर्ण हुने अनुमान गरिएको छ।

एक दिनमा बढीमा ५ सिफ्ट गरी परीक्षा सञ्चालन हुने छ।

ईपीएसमार्फत कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा एमओयू गरेको थियो। त्यसपछि सन् २००८ बाट कामदार लैजान सुरु गरिएको थियो।