मंसिर ६ गते सम्म नयाँ दल दर्ता गर्न सकिने, चुनाव घोषणापछि ७ दल खारेज

मंसिर ६ गते सम्म नयाँ दल दर्ता गर्न सकिने, चुनाव घोषणापछि ७ दल खारेज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– निर्वाचन आयोगले नयाँ दल दर्ताको निवेदन दिने समयावधि बढाएको छ । आयोगले मंसिर ६ गतेसम्म नयाँ दल दर्ताको निवेदन दिन सकिने बनाएको हो ।

यसअघि आयोगले कात्तिक ३० गतेसम्म नयाँ दल दर्ताका लागि निवेदन दिएर प्रमाणपत्र लिइसक्न भनेको थियो ।

यस्तै आयोगले आइतबारसम्म १२२ वटा राजनीतिक दल कायम रहेको जनाएको छ ।

प्रवक्ता नारायणप्रसाद भट्टराईले सरकारले चुनाव घोषणा गरेपछि ७ वटा नयाँ राजनीतिक दल दर्ता भएका र ७ वटा नै यसअघि कायम भएका दल खारेज भएको बताए ।

थप २८ वटा दल दर्ता प्रक्रियामा रहेको उनले जानकारी दिए । ती दलको सनाखत र कागजात रुजुको काम भइरहेको छ ।

कागजात लिएर आयोगमा पुग्नेलाई अध्ययन र सनाखत पछि प्रमाणपत्र दिनेगरी आयोगले काम गरिरहेको भट्टराईले बताए ।