काठमाण्डु– आइतबार सेयर बजार ओरालो लागेको छ । यसदिन नेप्से ५ अंकले घटेर परिसुचक २५४० अंकमा झरेको छ ।
यसदिन ७४ कम्पनीको सेयर मूल्य बढ्दा १६८ को घट्यो भने १४ को स्थिर रह्यो । अघिल्लो दिन ३ अर्ब ४९ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८९ करोडको भयो ।
कारोबार रकमका आधारमा यसदिन सिद्धार्थ बैंक डिबेन्चर ०८९, नेपाल पुनर्बीमा, माउन्टेन इनर्जी, एनआरएन इन्फ्रास्ट्रक्चर र युनियन हाइड्रोपावर अगाडि रहे ।
यसदिन सागर डिस्टिलरी, बुंगल हाइड्रोपावर र बन्दीपुर केबुलकारको मूल्य १० प्रतिशत, नबिल डिबेन्चर २०८५को ९.९१ बढ्यो भने भूगोल इनर्जीको मूल्य सबैभन्दा धेरै १० प्रतिशत र रुरु जलविद्युत्को ९.५२ प्रतिशत मूल्य घट्यो ।
आज होटल तथा पर्यटन ०.१८, उत्पादन तथा प्रशोधन ०.०२ र अन्य समूह ०.७२ प्रतिशत बढे भने बैंकिङ ०.३०, विकास बैंक ०.५२, फाइनान्स ०.८७, हाइड्रोपावर ०.४९, लगानी ०.३४, जीवन बीमा ०.१२, माइक्रोफाइनान्स ०.३८, निर्जीवन बीमा ०.४९ तथा व्यापार ०.१० प्रतिशत घटे ।




प्रतिक्रिया