काठमाण्डु – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)का लागि पाँच वटा स्थानमा पार्किङ तोकिएको छ।
ट्राफिक प्रहरीले नएनपीएल दोस्रो सिजनका विशेष ट्राफिक व्यवस्थापन योजना लागू गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भोलिदेखि सुरु हुने खेल हेर्न आउने दर्शकका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाले विशेष ट्राफिक व्यवस्थापन योजना लागू गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सवारीसाधनको व्यवस्थापनका लागि पाँच वटा स्थाना पार्किङ तोकिएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
भिआइपी तथा भिभिआइपीको लागि त्रिविको मुख्य मेनगेट भित्र पार्किङको व्यवस्था गरिएको छ।
यस्तै तीनकुने नजिकैको ग्राउन्डमा पार्किङ ए राखिएको छभने घडी आइल्यान्ड नजिकको ग्राउन्डमा पार्किङ बी तोकिएको छ।
घडी आइल्यान्डदेखि त्रिवि मेन गेटसम्म पार्किङ सी र सुन्दरीघाट तथा सानेपा खोला करिडोरसम्म पार्किङ डी तोकिएको छ।
प्रहरी उपरिक्षक नरेशराज सुवेदीले सवारीसाधन जथाभावी पार्किङ नगरिदिनुहुन अनुरोध गरेका छन्।




प्रतिक्रिया