काठमाण्डु– आजबाट दोस्रो संस्करणको नेपाल प्रिमीयर लिग (एनपीएल) सुरु हुँदैछ । यसैलाई मध्यनजर गर्दै नेपाल प्रहरीले कीर्तिपुरस्थित टीयु क्रिकेट मैदान क्षेत्र वरिपर भिडभाड नगर्न आग्रह गरेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाण्डुले एक सूचना जारी गर्दै एनपीएल दोस्रो संस्करणको पहिलो दिनको सबै टिकट बिक्री भइसकेकाले टिकट नभएकाहरू आफ्नो अनुकूल स्थानमै रहेर हेर्न र खेल स्थलको बाहिर भिडभाड नगर्न अनुरोध गरेको हो ।
पहिलो खेल साविक विजेता जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाजबीच दिउँसो ४ बजेबाट सुरू हुनेछ ।




प्रतिक्रिया