२५५० मा पुग्यो सेयर बजार, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

२५५० मा पुग्यो सेयर बजार, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सोमबार सेयर बजार उकालो लागेको छ । यसदिन नेप्से ९ अंकले बढेर परिसुचक २५५० मा कायम भएको छ ।

आज १६७ कम्पनीको मूल्य बढ्दा ७६ को घट्यो भने १३ को स्थिर रह्यो । अघिल्लो दिन ३ अर्ब ८९ करोडको कारोबार भएकोमा आज ३ अर्ब ९४ करोडको भयो ।

कारोबार रकमका आधारमा यसदिन साहस ऊर्जा, एनआरएन इन्फ्रास्ट्रक्चर, शिवम् सिमेन्ट, राधि विद्युत् तथा युनियन हाइड्रोपावर क्रमशः अगाडि रहे ।

आज बन्दीपुर केबुलकार, सागर डिस्टिलरी, बुंगल हाइड्रोपावर र झापा इनर्जीको मूल्य १० प्रतिशतले बढ्यो भने भूगोल इनर्जीको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो ।

यसदिन विकास बैंक र होटल तथा पर्यटन समूह १ प्रतिशतभन्दा धेरै बढे । निर्जीवन बीमा ०.०९ तथा अन्य ०.४९ प्रतिशत घटे ।
बैंकिङ ०.१३, विकास बैंक १.५०, फाइनान्स ०.५६, होटल तथा पर्यटन १.०८, हाइड्रोपावर ०.८८, लगानी ०.५३, जीवन बीमा ०.६४, उत्पादन तथा प्रशोधन ०.५३, माइक्रोफाइनान्स ०.३४ तथा व्यापार समूह ०.०९ प्रतिशत बढे ।