आइएमई खल्तीको सिइओमा रेग्मी नियुक्त

आइएमई खल्तीको सिइओमा रेग्मी नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती गाभिएर संयुक्त रूपमा कारोवार सञ्चालन गरिरहेको आइएमई खल्ती लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)को रुपमा प्रविण रेग्मीलाई नियुक्त भएका छन् ।

आज बसेको सञ्चालक समितीको ११औँ बैठकले रेग्मीलाई आगामी ४ वर्षको लागी आज देखि लागु हुने गरी नियुक्त गरेको हो ।

यसअघि आइएमई डिजिटल सोलुसन लिमिटेडको सिइओका जिम्मेवारीमा रहेका रेग्मी मर्जर पश्चात आइएमई खल्ती लिमिटेडको सञ्चालक समिति सदस्यका रूपमा रहि रेग्मी संस्थाको रणनीतिक नेतृत्वदायी भूमिकामा सक्रिय थिए ।

रेग्मीले PSP संघ नेपालका संस्थापक अध्यक्षका रूपमा पनि भुक्तानी सेवा प्रदायक कम्पनीहरूबीचको सहकार्य, समन्वय र नीतिगत सुधारमा उल्लेखनीय भूमिका निर्वाह गरेका छन् ।