एनपीएलमा काठमाण्डु गोर्खाजको विजयी सुरुआत, जनकपुर बोल्ट्स ५ विकेटले पराजित

एनपीएलमा काठमाण्डु गोर्खाजको विजयी सुरुआत, जनकपुर बोल्ट्स ५ विकेटले पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डु गोर्खाजले विजयी सुरुआत गरेको छ ।

सोमबार भएको उद्घाटन खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै काठमाण्डु गोर्खाजले विजयी सुरुवात गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले दिएको १३१ रनको लक्ष्य काठमाण्डुले १८ ओभरभित्र ५ विकेट गुमाउँदै सहज रूपमा पूरा गरेको छ ।

खेलभर काठमाण्डुका ब्याट्सम्यानले स्थिर प्रदर्शन गर्दै लक्ष्य पछ्याएका छन् ।