बाजुराका सीडीओ पौडेलको ३ महिना नपुग्दै सरुवा

बाजुराका सीडीओ पौडेलको ३ महिना नपुग्दै सरुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा – बाजुराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेशप्रसाद पौडेलको ३ महिना नपुग्दै सरुवा भएको छ ।

गत भदौ १५ गते हाजिरी भएका पौडेलको ३ महिना नपुग्दै सरुवा भएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्वतमा सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत रहेका पौडेललाई मन्त्रालयले गत भदौमा बाजुरा पठाएको थियो । त्यसबेला सचिवस्तरीय निर्णयबाट बाजुरासहित १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको थियो ।

गृह मन्त्रालयले  बाजुराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) पौडेलको सरुवा गरेको हो । मन्त्रालयका प्रशासन महाशाखा प्रमुख सहसचिव कालीप्रसाद पराजुलीले प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेललाई सरुवा गरिएको जानकारी दिए ।

पौडेलको सरुवा भएसँगै उनको ठाउँमा जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलालाई पठाइएको छ । ३ महिना नपुग्दै सरुवा भएका पौडेललाई आफ्नै गृह जिल्ला पर्वतमा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ ।