प्रधानमन्त्री कार्कीद्वारा अस्पताल पुगेर जेनजी आन्दोलनका घाइते बोहरासँग भेट

प्रधानमन्त्री कार्कीद्वारा अस्पताल पुगेर जेनजी आन्दोलनका घाइते बोहरासँग भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा दुवै आँखा गुमाएका सुर्खेतको वीरेन्द्रनगर–२ भुरेलीका सन्तोष बोहराको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।

मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेकी उनले चिकित्सकहरूबाट उपचारको प्रगतिबारे राय सुनेकी र बोहरा परिवारसँग भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गत भदौ २४ गते सुर्खेतमा भएको प्रदर्शनका क्रममा गोली लागेर २४ वर्षीय बोहराले दुवै आँखा गुमाएका थिए । भेटका क्रममा बोहराका बुवा चन्द्रबहादुर बोहोराले घटनाका दोषीलाई कडा कारबाही गर्न माग गर्दै परिवारको भविष्य अनिश्चित बनेको बताए ।

उनले ४ वर्षीया नातिनी, श्रीमती र वृद्ध अभिभावकको जीविकोपार्जन चुनौतीपूर्ण हुने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

परिवारसँगको छलफलमा प्रधानमन्त्री कार्कीले उपचारका लागि आवश्यक सबै सहयोग उपलब्ध गराइने आश्वासन दिइन् । उनले परिवारको दु:खप्रति समवेदना जनाउँदै भनिन्, ‘तपाईंलाई परेको पीडा म बुझ्छु । उपचारका लागि सबै उपाय गर्छौं । बच्चाको पढाइ र श्रीमतीका रोजगारीका विषयमा पनि सरकारबाट पहल गरिन्छ ।’