काठमाण्डु– आज मंसिर ३ गते नेपाली बजारमा सुनको भाउ बढेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँले बढेको हो ।
हिजो २ लाख ३९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ तोलामा ६० रुपैयाँले बढे ३ हजार १५० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।




प्रतिक्रिया