सेयर बजार सामान्य अंकले ओरालो लाग्दा ८ कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो

सेयर बजार सामान्य अंकले ओरालो लाग्दा ८ कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बुधबार सेयर बजार सामान्य ओरालो लागेको छ । यसदिन नेप्से ४.९८ अंकले घटेर परिसुचक २५६१ बिन्दुमा झरेको छ ।

यसदिन ३ अर्ब ७७ करोडको कारोबार भयो । कारोबारमा आएका ७७ कम्पनीको मूल्य बढ्दा १७० कम्पनीको घट्यो भने ९ कम्पनीको मूल्य स्थिर रह्यो ।

कारोबार रकमका आधारमा यसदिन बरुण हाइड्रो, साहस उर्जा, राधि विद्युत अगाडि रहे ।

यसदिन ८ कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो । माविलुङ हाइड्रो, दरमखोला हाइड्रो, सागर डिस्टिलरी, हिमस्टार उर्जा, बुङ्गल हाइड्रो, सान्भी इनर्जी, बन्दिपुर केवलबार र झापा इन्र्जीको मूल्य १० प्रतिशतले बढ्यो ।

आज होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.१६ प्रतिशत बढेको छ । त्यस्तै उत्पादन तथा प्रशोधन ०.४२ र व्यापार ०.३२ प्रतिशत बढे ।

विकास बैंक समूह सबैभन्दा धेरै १.०९ प्रतिशत घट्यो । बैंकिङ ०.१६, फाइनान्स ०.६८, हाइड्रोपावर ०.१४, लगानी ०.४४, जीवन बीमा ०.५३, माइक्रोफाइनान्स ०.०८, निर्जीवन बीमा ०.५७ तथा अन्य समूह ०.४७ प्रतिशत घटे ।