काठमाण्डु– नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ मा काठमाण्डु गोर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ ।
काठमाण्डुका कप्तान करण केसीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
हिजो भएको सिजन २ को पहिलो खेलमा काठमाण्डुले साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो भने सुदूरपश्चिमले पहिलो खेल खेल्न लागेको हो ।
खेल टियु क्रिकेट मैदानमा केहिबेरमा सुरु हुने छ ।




प्रतिक्रिया