यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय (सूची)

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय (सूची)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकका २५ वटा निर्णय सार्वजनिक गरिएको छ ।

बुधबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्ले गरेका २५ निर्णय सार्वजनिक गरेका हुन् ।

बैठकले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

यस्तै नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको पुनर्संरचना गर्न आवश्यक अध्ययन गरी पेस गर्न प्रकाशजङ्ग थापा, काठमाण्डुको संयोजकत्वमा नेपाल स्टक एक्सचेञ्ज सुझाव लिमिटेडको पुनर्सरचना सम्बन्धी सुझाव समिति, २०८२ गठन गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै मंसिर ८ गते भारतको नयाँदिल्लीस्थीत राष्ट्रपति भवनमा भारतका नवनियुक्त प्रधानन्यायाधीशको शपथ र मंसिर १० गते नयाँ दिल्लीमा नै आयोजना हुने संविधान दिवसको कार्यक्रममा सहभागी हुन कानून मन्त्री अनिल कुमार सिन्हालाई स्वीकृत प्रदान गरिएको प्रवक्ता खरेलले बताए ।